`

नेत्र चापागाईंलाई ६८८ मतान्तरले हराउँदै नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

Nepal One HD १ फागुन २०८१ १८:४९
प्रमुख खबर

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । नेत्रप्रसाद चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्ष निर्वाचित भएका हुन् । भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमात्रै ल्याएका छन् ।

चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन् । माघ २९ गते मतदान भएकोमा बिहीबार मतपरिणाम आएको हो ।

उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्। साथै उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए । ९९ सदस्यीय केन्द्रीय समितिमा ७० पदका लागि निर्वाचन भएको थियो।


प्रतिक्रिया