`

रवि लामिछानेलाई जस्तो मुद्दा अरु नेताहरुमाथि चलाए टाउको लुकाउने ठाउँ पाउँदैनन् : हरि ढकाल

Nepal One HD १३ फागुन २०८१ १५:४२
प्रमुख खबर

काठमाडौं । रास्वपाका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेलाई संसदीय छानबिन समितिको प्रतिवेदनको सिफारिसभन्दा बाहिर गएर प्रतिशोध राखेर मुद्दा चलाइएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै समितिको सिफारिस भन्दा बाहिर गएर सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको बताए ।

उनले भने, ‘सत्तापक्षहरुलाई हाम्रो पार्टी सभापतिलाई जस्तोगरी होइन, अलिकति अनुसन्धान प्रक्रियामा ल्याउँ त टाउको लुकाउने ठाउँ छैन यो देशमा । युवाहरुले भ्रष्टाचारविरुद्धको आवाज उठाएका छन्, उठाउनेछन् । ०७९ ले जग बसालेको छ ।’

भ्रष्टाचारको फाइल बन्द गर्ने अभिप्रायले सरकार बनेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीले म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्दा नसुहाउने टिप्पणी गरे ।


प्रतिक्रिया