फिलिपिन्समा पर्यटक आगमनमा वृद्धि

विश्व

फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । अध्यागमन ब्यूरोले आइतवार जारी गरेको तथ्याङ्क अनुसार सन् २०२४ मा एक करोड ४७ लाखभन्दा बढी विदेशी पर्यटकले फिलिपिन्स भ्रमण गरेका छन् ।
ब्यूरोले गत वर्ष एक करोड ४७ लाख ३३ हजार ५९७ अन्तर्राष्ट्रिय आगमनहरू रेकर्ड गरेको थियो, जुन सन् २०१९ मा रहेको सङ्ख्याको करिब थियो ।
दक्षिण कोरिया १७ लाख ६१ हजार २८१ आगन्तुकहरूको साथ विदेशी आगमनको शीर्ष स्थानमा रहेको थियो ।
फिलिपिन्सको पर्यटन विभागका अनुसार संयुक्त राज्य अमेरिकाबाट पाँच लाख २५ हजार ६८४ जना पर्यटकको आगमन भएको छ भने चीनबाट तीन लाख ८२ जना पाहुना आएका छन् ।
ब्यूरोले भारत र सिङ्गापुरबाट अन्तर्राष्ट्रिय आगमनले थप वृद्धिको लागि महत्वपूर्ण सम्भावना देखाएको बताएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट