मछिन्द्रलाई केपी ओली कपको उपाधि

खेलकुद

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनलमा त्रिभुवन आर्मीलाई २–० ले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो ।
मछिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे । मछिन्द्रले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो । मछिन्द्रले यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि पनि जितेको थियो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको विजेता बनेसँगै मछिन्द्रले १५ लाख ११ हजार १११ र उपविजेतामा आर्मीले पाँच लाखसहित प्रमाणपत्र र मेडल पाएका छन् । प्रतियोगिताको तेस्रो संस्करणमा दुई विदेशीसहित नौ टोलीले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट