`

सरकारले आज राष्ट्रियसभामा पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै

Nepal One HD २२ फागुन २०८१ ७:५८
प्रमुख खबर

काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत हुँदैछन् । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश– २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश– २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ निर्णयार्थ प्रस्तुत गर्न लागेको हो । यी अध्यादेशहरु प्रतिनिधिसभाले बुधबार स्वीकृत गरिसकेको छ ।


प्रतिक्रिया