`

पाथीभरा केबलकार निर्माणलाई यथास्थितिमा राख्न सर्वोच्चको आदेश

Nepal One HD १७ चैत २०८१ १३:२३
प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न आदेश दिएको हो । इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई बोलाएको छ ।


प्रतिक्रिया