`

स्वागत नेपाल रिहा

Nepal One HD १७ चैत २०८१ १८:१७
प्रमुख खबर

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपाल रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार उनलाई आइतबार हिरासत मुक्त गरिएको हो ।

राजावादीको प्रदर्शन स्थलमा नदेखिएकाले प्रहरीले उनलाई रिहा गरेको हो । शुक्रबार प्रहरीले नेपाललाई नियन्त्रणमा लिएपछि आफू उक्त दिन कार्यक्रम स्थल नगएको उनले बताएका थिए । प्रहरीले उनको दाबीलाई पुष्टि गर्न मोबाइलको लोकेशन समेत जाँच गरेको थियो ।


प्रतिक्रिया