`

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घको जित

Nepal One HD १८ चैत २०८१ २०:३८
प्रमुख खबर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी भएका छन् । 


कुल खसेको तीन हजार १०८ मतमध्ये उनले ७८९ मत प्राप्त गरेका छन्  । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरेका छन् ।


नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७०१ मत प्राप्त गरेका छन् ।


सभापति बाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएका छन् ।  


प्रतिक्रिया