`

पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन खेलाडी उज्वेकिस्तान प्रस्थान

Nepal One HD २६ चैत २०८१ १९:५२
खेलकुद

काठमाडौँ, २६ चैत : पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज उज्वेकिस्तान प्रस्थान गरेको छ ।

यही चैत २८ देखि आगामी वैशाख १ गतेसम्म हुने उक्त प्रतियोगितामा सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टोलीको नाम ‘टिटुके रहेको छ ।

टोलीको प्रशिक्षकमा विपुल भट्टराई तथा व्यवस्थापकमा सङ्गीता गुरुङ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं इ स्पोट्र्स एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।


प्रतिक्रिया