`

सुन तोलाको एक लाख ८५ हजार

Nepal One HD २९ चैत २०८१ १२:५९
अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा तीन हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ८५ हजार कायम भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । साथै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार ९०० मा कारोबार भएको चाँदी आज पाँचले बढेर एक हजार ९०५ पुगेको छ ।


प्रतिक्रिया