कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

समाज

खाँदबारी (सङ्खुवासभा), १० वैशाखः कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।
आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिनुभयो ।
मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उहाँका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट