`

धनकुटामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

Nepal One HD २३ वैशाख २०८२ ८:४४
प्रमुख खबर

धनकुटा । धनकुटामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । सोमबार धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका–६ औद्योगिकग्राम गोलाईनजिक दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका भोजपुरको षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भूजेलको पनि धनकुटा अस्पतालमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको थियो ।


प्रतिक्रिया