संयुक्त जनआन्दोलन समितिले आज आन्दोलन घोषणा गर्दै

प्रमुख खबर

काठमाडौं । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आज आन्दोलनको घोषणा गर्दैछ । समितिले आज दिउँसो १ बजे आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।
घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (वीपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत हिन्दूवादीलगायत ५० बढी संघसंस्थाको सहभागिता रहने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट