`

जगदुल्ला जलविद्युत आयोजनाको टेन्डर विवादका विषयमा उर्जामन्त्रीमाथि छानबिन गर्न सांसद मोदीको माग

Nepal One HD २५ वैशाख २०८२ ११:५४
अर्थ समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रले डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको टेन्डर प्रक्रियामा उर्जामन्त्री दीपक खड्का मिलोमतो भएको भन्दै छानबिन गर्न माग गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्ला जलविद्युत आयोजनाको टेन्डर प्रक्रियामा उर्जामन्त्रीको मिलोमतो भएको समाचार विभिन्न संचारमाध्यममा आएको र त्यसको मूल्य पहिले नै लिक भएको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

उनले भने, ‘सरकार सेटिङमा चलिराख्ने, मिलेमतोमा चलिराख्ने ? यो विषय सार्वजनिक खरिद नियमावली पनि विपरित छ, यो विषय अख्तियारमा पनि गएको छ । यो विषयमा सम्बन्धित मन्त्रीसहित मिलोमतो भएको हुनाले यसको छानबिन गर्नुपर्छ।’


प्रतिक्रिया