`

सांसद खतिवडाको प्रश्नः धितोपत्र बोर्डका अध्यक्षले कमिसन मागेको विषय के हो ?

Nepal One HD २५ वैशाख २०८२ १२:१२
अर्थ समाचार

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले गभर्नर छिटो नियुक्त गर्न माग गरेका हुन् ।

त्यस्तै सांसद खतिवडाले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै सरकारको जवाफसमेत माग गरेका छन् । उनले भारत–पाकिस्तानलगायत मुलुकको तनाव समाधान गर्न सरकारलाई तयारी रहन पनि आग्रह गरे ।


प्रतिक्रिया