`

परराष्ट्र र श्रम मन्त्रालयले नुनको सोझो पनि गरेनन्ः ज्ञानेन्द्र शाही

Nepal One HD २८ वैशाख २०८२ १२:२६
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा शाहीले नेपाली युवाहरु विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको आरोप लगाए ।

उनले भने, ‘झण्डै ८० लाख युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् । श्रम, परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् । नेपालीहरु बन्धक हुँदा पनि श्रम मन्त्रालयले काम गरेको छैन ।’

उनले विदेशी भूमिको युद्धमा नेपालीहरु पटक पटक मर्नुपर्दा पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएको बताए ।

उनले भने, ‘पछिल्लो पटक भारत र पाकिस्तानको युद्धमा पनि नेपाली नै मरे, रुस र युक्रेनको युद्ध भयो । नेपाली नै मरे । प्यालेस्टाइन र इजराइलको युद्धमा पनि नेपाली नै मरे । यो कस्तो गरिवी हो यो कस्तो वेरोजगारी हो । सरकार मौन छ ।’

उनले विदेशमा बसेकाहरुले पठाएको रेमिट्यान्सले नै सांसदहरु, प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरुले तलव पाएको भन्दै नुनको सोझो गर्नुपर्ने बताए ।


प्रतिक्रिया