`

प्रतिगामी शक्ति फर्काउने सपना कुनै पनि जेठ १५ मा पूरा हुनेछैनः प्रधानमन्त्री ओली

Nepal One HD २८ वैशाख २०८२ १३:३८
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने हुंकार कहिल्यै पूरा नहुने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले जेठ १५ गते लोकतन्त्र उल्ट्याउने सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।

उनले भने, ‘केही साथीहरु जेठ १५ गते लोकतन्त्र उल्ट्याएर प्रतिगामी शक्ति ल्याउने भन्दै हुनुहुन्छ । यस पटकको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खिनुस् तपाईंहरुको सपना साकार हुनेवाला छैन । प्रतिगामी सपना काम लाग्दैन, त्यसमा जोडबल नगरौं । बंगलादेशमा बनाइदिन्छु भन्छन् । त्यहाँ पनि त थिए राजा । तर खै त त्यहा राजा फर्काएनन् त ?’

प्रधानमन्त्रीले मुलुक संविधान र कानुन अनुसार चल्ने बताए । उनले प्रतिगमनको वकालत गरेर सिलिङमा टाउको ठोकाउनुको कुनै अर्थ नरहेको बताए ।


प्रतिक्रिया