बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीका अवसरमा निकालियो शोभा यात्रा

प्रमुख खबर

भैरहवा । २५६९औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा शोभा यात्रा निकालिएको छ । बुद्ध जयन्तीका अवसरमा सोमबार बिहानै शोभायात्रा निकालिएको हो ।
शोभायात्रामा नेपालीकासाथै चिनियाँ भिक्षु भिक्षुणीसमेत सहभागी भएका थिए । यसका साथै बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्तिधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइँदैछ ।
बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते हरेक वर्ष आयोजना हुने बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ ।
लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिनेगरी शोभायात्रा गरिने छ ।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट