`

भारत र पाकिस्तानले हाम्रो कुरा सुने र हात हालाहालको स्थिति रोकियोः प्रधानमन्त्री ओली

Nepal One HD २९ वैशाख २०८२ १३:५६
प्रमुख खबर

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीचको युद्ध रोकिएको दाबी गरेका छन् ।

सोमबार लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले कुरा गरेर हात हालाहालको स्थिति रोकिएको दाबी गरेका हुन् । प्रधानमन्त्रीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद दिए ।

उनले भने, ‘हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौँ, उहाँहरूसँग पनि कुरा गर्यौँ। नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’

प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए।


प्रतिक्रिया