जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्ति आवश्यकः प्रचण्ड


सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् ।
सोमबार पार्टीको भातृ संगठन वाइसीएल नेपालको प्रथम कर्णालीका प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको बताएका हुन् ।
आफूलाई शेरा दरबारसँग जोड्ने गरेकाले त्यसको फाइल खोल्न संसदमा बोल्दै त्यहाँ जोडिएका शेरा दरबारमा म जोडिएको भए फाइल खोल्न चुनौती दिएको बताए ।
उनले भने, ‘प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ । तर उनीहरुले हिम्मत गरेनन् । किनकी मेरो केही थिएन । हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौँ ।’
जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक भएको उनले बताए ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष प्रचण्डले अब माओवादीले कांग्रेस–एमालेको वैशाखी नटेक्ने पनि दाबी गरे । आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पार्टी बनाउने आफ्नो संकल्प रहेको बताउँदै त्यसका लागि आफू जनतामा फर्किएको उनले उल्लेख गरे ।