रविन्द्र मिश्रलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट

प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।
मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखेको दाबी गर्दै श्रीमती सारिका कार्कीले मंगलबार बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन् ।
रिटलाई सर्वोच्च प्रशासनले बुधबारको पेसी दिएको छ । कार्कीले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला अदालत, महान्यायाधिवक्ता रमेश बडाललगायतलाई विपक्षी बनाएकी छन् ।
बन्दीप्रत्यक्षीकरण रिटमा मिश्रलाई गैरकानुनी रूपमा थुनामा राख्ने उद्देश्यले एकपछि अर्को आरोप थपिएको, अनुसन्धानमा प्रगति नहुँदा पनि अदालतले थुनामा म्याद थप्ने अनुमति दिइरहेको दावी गरिएको छ ।
चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दालनपछि मिश्र पक्राउ परेका िथए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट