समाचार
कारको ठक्करबाट कपिलवस्तुमा ‘मर्निङ वाक’ मा निस्किएका दुई महिलाको मृत्यु

तौलिहवा । कपिलवस्तुमा कारको ठक्करबाट ‘मर्निङ वाक’ मा निस्किएका दुई महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब ६ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा पत्थरकोटबाट गोरुसिङ्गेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजादैगर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ ।
कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया