समाचार

हुम्लाको नाम्खाका बाढीपहिरो पीडित ३२ जनाको उद्धार

NepalOne
५ जेठ २०८२ ८:४३

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले हुम्लाको तिलागाउँका पहिरो पीडितको उद्धार भइसकेको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशकमा दिनेश भट्टले १८ परिवारका ३२ जना सबैलाई सुरक्षित स्थानमा आइतबार नै सारिएको जानकारी दिएका छन् । पहिरो पीडितका लागि आइतबार नै टोली पुगेर उनीहरुको उद्धार गरेको उनले जानकारी दिए ।

स्थानीयका अनुसार हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा जेठ एक गते राति साढे १० बजेदेखि बिहान पाँच बजेसम्म लेदोसहितको बाढी आएको थियो ।

बाढीले तिल्चुङ खोलामा रहेका पाँचवटा काठको पुल÷ बाटो सहित बगाएको, १५ किलोवाटको जलविद्युत भवन, कुलोसहित जलविद्युतको मेसिन लगायत भौतिक क्षति भएको तथा सिँचाइ कुलो र खानेपानीसमेत बगाएको भट्टले जानकारी दिए । बाढीका कारण मानवीय क्षति भने नभएको उनले बताए ।


प्रतिक्रिया