पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय

NepalOne
८ जेठ २०८२ १४:५३
अर्थ समाचार

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले पतञ्जली जग्गा प्रकरण सम्बन्धी फाइल अख्तियारमा पठाउने निर्णय गरेको हो । समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणको थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिकै प्रतिवेदनले किटान गरेको थियो ।

हदबन्दीका सर्त र बन्देजविपरीत जग्गा अपचलन गरेको भन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले पतञ्जलीमाथि थप अनुसन्धान गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक गरिएको थिएन ।

हदबन्दी छुटको जग्गा बिक्रीको विवादित निर्णय गर्दा माधव नेपाल प्रधानमन्त्री थिए । अख्तियारले यस विषयमा पूर्वप्रधानमन्त्री नेपालसँग समेत बयान लिइसकेको छ । बयान लिएकै दिन नेपालविरुद्ध पनि मुद्दा चलाउने निर्णय खबर सार्वजनिक भएको थियो । तर अख्तियारले यस विषयमा अहिलेसम्म मुद्दा दर्ता गरेको छैन ।


प्रतिक्रिया