१९ अंकले बढ्यो शेयर बजार

NepalOne
८ जेठ २०८२ १५:५८
अर्थ समाचार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से बढेको छ । बिहीबार नेप्से १९ दशमलव ०४ अङ्कले बढेर २ हजार ६ सय ८८ दशमलव ५५ विन्दुमा पुगेको छ ।
आज बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । आज बैंक समूहको शेयर झन्डै ४ प्रतिशतले बढेको छ भने होटल समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज ३१४ वटा कम्पनीका २ करोड २३ लाख कित्ता शेयर ९ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया
ताजा अपडेट