जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनः गृहमन्त्री लेखक


जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको सम्बन्धमा आफूमाथि लागेको आरोपकाबारेमा बोल्ने बताएका छन् । शनिबार धनुषास्थित पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नकाबारेमा छिट्टै स्पष्ट पार्ने बताएका हुन् ।
उनले यस विषयमा पार्टीका साथीहरूलाई चिन्ता नगर्न आग्रह गरे । उनले भने, ‘जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दिनँ । केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ। दुई/तीन दिन किन चुप लागेर बसेका थिएँ भने यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजीराखे थिएँ। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छ ।’
गृहमन्त्रीले यसबारेमा मन्त्रालयले विज्ञप्ति निकाल्ने बताए ।