अध्ययनका लागि बाहिर जाने विद्यार्थीका लागि शैक्षिक मेला हुने

NepalOne
१० जेठ २०८२ १८:४३
शिक्षा

काठमाडौँ । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी)को चावहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट–२०२५’ नामक शैक्षिक मेला हुने भएको छ ।

ही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी शैक्षिक मेला हुन लागेको हो । विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि यो मेला निकै लाभदायी हुने आईसीसीसीले जनाएको छ ।यो मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव प्राप्त हुने आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काले बताएका छन् ।

मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभइ विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा निर्णय लिन सल्लाह दिनेछ । मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आकर्षक छुट तथा विभिन्न खालका उपहारहरु पनि प्राप्त गर्ने आईसीसीसीले जनाएको छ ।जेठ १८ गते अथार्त जुन १ तारिखका दिन हुने मेलामा आईसीसीसीबाट अध्ययनका लागि विभिन्न देश गएका बिद्यार्थीहरुसँग भर्चुअल अन्तरक्रियाको समेत आयोजना गरिएको छ ।

एक्स्ट्रा अडीनरी विद्यार्थीहरुका लागि उक्त दिन उपस्थित मात्रै भएमा पेइड इन्र्टनका रुपमा काम गर्न अवसर दिइनेछ । यो ६ महिनाका लागि लागि लागू हुनेछ भने भने विद्यार्थीले राम्रो काम गरेमा उनीहरुलाई जागिरकै रुपमा आईसीसीसीमा अवसर दिइनेछ । साथै उक्त दिन विभिन्न रोचक खेलहरु समेत खेलाइने आईसीसीसीका प्रवन्ध निर्देशक खड्काले जानकारी दिए ।


प्रतिक्रिया