सुनचाँदीको मूल्यमा सामान्य गिरावट

अर्थ समाचार

काठमाडौँ । सोमबारको तुलनामा मंगलबार सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा २०० रुपैयाँ र सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य एक हजार ९९५ रुपैयाँ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट