गभर्नर पौडेलको नियुक्तिविरुद्ध रिट दर्ता

अर्थ समाचार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलविरुद्ध रिट दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै अधिवक्ताहरु विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
गभर्नर पौडेलको नियुक्तिविरुद्धको रिटमा नोटमा हस्ताक्षर नगर्न अन्तरिम आदेशको माग गरिएको छ । रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ । उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र नियुक्ति दुवै गैरकानुनी रहेको दावी गरेका छन् ।
निवेदकहरूले नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दावी गरेका छन् ।
प्रतिक्रिया
ताजा अपडेट