ज्ञानेन्द्र शाहीसहित राप्रपाका तीन सांसदको पीएसओ हटाइयो

NepalOne १४ जेठ २०८२ १४:३५
प्रमुख खबर

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन सांसदको निजी अंगरक्षक (पीएसओ) फिर्ता बोलाएको छ । सांसद ध्रुवबहादुर प्रधान, प्रमुख सचेतक ज्ञानेन्द्र शाही र दीपकबहादुर सिंहको पीएसओ बुधबार फिर्ता बोलाइएको हो ।

प्रमुख सचेतक शाहीले आफूहरुको पीएसओ खोसिएको बताए । गणतन्त्रविरुद्धको आन्दोलनमा लागेपछि उनीहरुको पीएसओ खोसिएको बताइएको छ । राप्रपाले गणतन्त्रविरुद्ध बिहीबारदेखि जनआन्दोलन घोषणा गरेको छ ।


प्रतिक्रिया