आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत(पूर्णपाठ)

अर्थ समाचार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पेस गरेका हुन् ।
यो गतवर्षको भन्दा एक खर्ब ४ अर्ब ठूलो बजेट हो । विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च हुनेछ ।
यो खर्चमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वमार्फत, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करो र वैदेशिक ऋणमार्फत २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुट्नेछ । बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएर बजेट बजेट घाटा पूर्ति गरिने अर्थमन्त्री पौडेलले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट