वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

NepalOne २४ जेठ २०८२ ९:४६
प्रमुख खबर

काठमाडौँ, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गर्नुभएको हो छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी–पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गर्नुभएको छ । “वर्षायाममा बाढी–पहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ ।

विपद्बाट बच्न हर समय सजगता चाहिन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ । चनाखो बनौँ, सुरक्षित रहौँ ।”


प्रतिक्रिया