नाराबाजीबीच गृहमन्त्रीले भने: भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन


काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
त्यसक्रममा उनले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै त्यसको खेद व्यक्त गरे । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय प्रमुख भिजिट भिसाका सम्बन्धमा अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । त्यसबारेमा मेरो समेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन,उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन’, गृहमन्त्री लेखकको भनाइ छ ।
उनले आफ्ना विरुद्ध नियोजित र राजनीतिक आक्रमण गर्न खोजेको बताए ।
‘संवैधानिक निकायले छानबिन गरिरेहको अवस्थामा कुनै सरकारसँग जोडेर जवाफ दिने हो भने कतिपय माननीयसँग जोड्ने हो भने र जवाफ दिने हो भने हिजोका दिन मन्त्रीहरु पदासिन हुँदा भ्रष्टाचारमा कतिले जवाफ दिएको र यसको जवाफ दिने तागत विपक्षीलाई छ,’ प्रश्न गर्दै उनले भने ।