`

फेसबुकमा अलविदा लेखेर सम्पर्कबिहीन भएका चिकित्सक फेला

Nepal One HD २ असार २०८२ १४:५१
प्रमुख खबर

काठमाडौं । सामाजिक संजालमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई काठमाडौँको तार्केश्वर नगरपालिका– ३ स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला पारेको परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसनको आधारमा खोज तीव्र पारेको थियो । फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कबिहिन भएपछि उनलाई खोज्न प्रहरीलाई अनुरोध गरिएको थियो ।

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर मोवाइल बन्द गरेका थिए । १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले आफूलाई काम गर्न नदिएको भन्दै स्वास्थ्य मन्त्रालयले समेत सहयोग नगरेको आरोप लगाएका छन् ।


प्रतिक्रिया