`

हाम्रो अडानबाट पछि हट्दैनौंः सांसद श्रेष्ठ

Nepal One HD ६ असार २०८२ १४:०७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसामार्फत घुस लिएर आफ्नो भाग कति भयो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गर्नुपर्ने मागबाट पछि नहट्ने बताएको छ ।

शुक्रबारको सदन बहिष्कारपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो र यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नुपर्ने बताइन् ।

उनले संसदीय छानबिन समिति अथवा उच्चस्तरीय न्यायिक समितिको माग जारी रहने बताइन् । उनले भनिन्, ‘सांसदलाई नसुन्ने सरकारले जनताको आवाज के सुन्ला र ? अन्य देशहरुमा दासको रुपमा नेपालीहरु कसरी पुग्छन् भन्दा भिजिट भिसामार्फत नै हो । त्यस्तो ठाँउमा घुस लिएर आफ्नो भागमा कति पर्यो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छनबिन गरौं भन्दा गरिएन । कतिसम्म गिरेको नेपाल सरकार । ऋण नै लिएर भएपनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन ? हाम्रो अडान जारी रहने छ ।’

उनले नेपाल सरकारले रास्वपाको कुरा नसुनेको र विरोधलाई पनि बेवास्ता गरेको हुनाले बैठक बहिष्कार गरेको पनि बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *