`

डिजिटल मिडियालाई विभेद गरियो: कँडेल

Nepal One HD ७ असार २०८२ १८:०३
फिचर

डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान)का महासचिव युवराज कँडेलले डिजिटल मिडिया र पत्रपत्रिकालाई हेर्ने नजरफरक पारिएको बताएका छन्

 नेपाल वान एचडी नेटवर्कको आयोजनामा बसेरा बुटिक होटल, बबरमहलमा शुक्रबार राउण्ड टेबल कार्यक्रममा उनले  भने, ‘पत्रिकामा समाचार आयो  गल्ती भयो भने कारबाही नै गर्न पर्दा मानहानीको मुद्दा चलाइन्छ । तर युट्युब वा अन्य डिजिटल मिडियामा हाल्ने बितिक्कै साइबर क्राइमतिर मुद्दा चलाउने काम भयो । यहाँ किन विभेदगरियो ?’

उनले डिजिटल मिडियाले पनि दर्ता भएर आचारसंहिता मानेर नै काम गर्नुपर्नेमा जोड दिए । उनले भने,’हामीले आचारसंहिता मान्नु नै पर्छ । तर त्यति हुँदाहुँदै पनि विभेद गरिने परिपाटी छ ।

उनले डिजिटल मिडियामा शक्ति, सोच र सम्भावनाको कुरा गर्दै गर्दा यी सबै कुरा सम्भावना रहेको बताए । डिजिटल माध्यममा आएका कन्टेन्ट क्रियटरलाई पत्रकार र सामाग्रीलाई समाचार मान्न नहुने उनले बताए । कन्टेन्ट क्रियटरले समाचार नदिन पनि सक्छन्  कँडेलले भने,’ पत्रकारले कन्टेन्ट दिन्छन्। त्यसकारण डिजिटल माध्यमलाई समाचार स्रोतका रूपमा एसेप्ट गर्न गाह्रो भइरहेको छ ।

पछिल्लो समय डिजिटल मिडियासँग सम्बन्धित धेरै छलफल हुँदा डिजिटल माध्यममा मात्र सक्रिय रहेका व्यक्तिहरूको उपस्थिति शून्य नै हुने गरेको गुनासो गरे । 

उनले पछिल्लो समय सबै कुराको रिजल्ट डिजिटल माध्यममा देखिने गरेको भन्दै छापा माध्यमले समाचार प्रकाशित गरिसकेपछि सेयर गर्ने डिजिटल मिडियामा नै गरिएको बताए । अहिले कुनै पनि टिभी कार्यक्रम कत्तिको चलेको छ हेर्नका लागि डिजिटल माध्यमकै प्रयोग गर्ने गरिएको छ ।

उनले डिजिटल मिडियाले पनि आचारसंहिता मानेर अगाडि बढ्नुपर्ने र राज्यले पनि विभेद गर्न नहुने बताए ।    


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *