`

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

Nepal One HD १८ असार २०८२ ११:५५
अपराध

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् ।

गएराति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *