`

डेटिङ एप बनाएर अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ चिनियाँ पक्राउ

Nepal One HD १८ असार २०८२ १७:५०
अपराध

काठमाडौं । प्रहरीले डेटिङ एप बनाएर काठमाडौंमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले ललितपुरको दमकल चोकस्थित एक घरबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

उनीहरुले घर भाडामा लिएर सोसियल सफ्टवयेर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी अवैध कल सेन्टर, डेटिङ एप र क्रिप्टो कारोबार गर्ने गरेको सीआईबीले जनाएको छ ।

उनीहरुले नेपाली युवा युवतीलाई प्रलोभनमा पारी डेटिङ एमार्फत सम्पर्क गरी अनलाइन डेटिङ स्क्याममा लगाउने गरेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले १३ लाख ९९ हजार ९५० रुपैयाँसमेत बरामद गरेको छ । यो घटनामा संलग्न ४६ जनालाई भने हिरासत बाहिरै राखेर अनुसन्धन अघि बढाएको सीआईबीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *