`

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

Nepal One HD २२ असार २०८२ ९:०२
अपराध

भोजपुर । भोजपुरमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा गएराति चार जनाको सामूहिक हत्या भएको हो ।

घटनामा एकजना गम्भीर घाइते भएका छन् । रामप्रसाद राई गाउँपालिका वडा नम्बर–२ को धोद्लेखानी बोन्थिताङमा चार जनाको सामूहिक हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी काार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार भोजपुर नगरपालिका–२ हेलाउछ बस्ने ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा गएर परिवारका चार जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

राजेन्द्रले श्रीमती, सासु ४५ वर्षीया मञ्जु गिरी, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी र सालोको हत्या गरेका हुन् । घटनापछि आफैँले हतियार प्रयोग गर्दा राजेन्द्र राई पनि गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *