`

१ करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

Nepal One HD २४ असार २०८२ १४:३५
अपराध

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट  १ करोड ४४ लाख रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट गएको टोलीले सोमबार राति बौद्ध नयाँ बस्तीस्थित एक घरबाट चिनियाँ नागरिक वाङ जिनलाई १ करोड ४४ लाख रकमसहित पक्राउ गरेको हो ।

बौद्ध नयाँ बस्ती स्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली त्यहाँ गएको थियो । यसकाबारेमा थप अनसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *