त्रिविको उपकुलपतिमा अर्याल नियुक्त

प्रमुख खबर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दीपक अर्याल नियुक्त भएका छन् । त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई उपकुलपति नियुक्त गरेका हुन् ।
शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दीपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।
अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् । गत चैतमा प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट