गण्डकीको यातायात मन्त्रालयका लेखा अधिकृतविरुद्ध ६ करोडको भ्रष्टाचार मुद्दा

प्रमुख खबर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर भएको छ ।
अख्तियारले शर्माले ६ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार विस २०५४ माघ ८ गते सेवा प्रवेश गरेका शर्माले ०८० कात्तिक १० गतेको अवधिमा आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरिएको थियो ।
अनुसन्धानबाट ६ करोड २६ लाख ९३ हजार एक सय २९ रुपैयाँ सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट