`

आपसमा भनाभन बन्द गरौं, विमर्श गरौं : सचिव भट्टराई

Nepal One HD २७ असार २०८२ १०:१८
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेसँगै नेताहरुले पक्ष विपक्षमा सार्वजनिक रुपमा बहस गर्न थालेपछि सचिव भट्टराईले बसेर आपसमा विमर्श गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं, बसौं, आपसमा विमर्श गरौ, सहकार्य मार्फÞत समाधान खोजौं, जबजको मर्म पनि यही हो, राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाँउ उभिने आधार !’

खासगरी पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुले अहिले नै नेतृत्वको बारेमा बहस गर्न नेता कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् । महासचिव शंकर पोखरेलले कुबेलामा नेतृत्वकाबारेमा बहस नगर्न चेतावनी दिँदै आएका छन् ।

त्यस्तै एमालेका अर्का नेता भानुभक्त ढकालले पार्टी निर्णयविरुद्ध जान खोज्नेहरूलाई ‘नोटिसमा राखिने’ चेतावनीसमेत दिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *