वामदेवले एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानकाबीचमा पार्टी एकता गर्ने सहमति भएको छ ।
आगामी साउन २ गते राष्ट्रिय सभागृहमा एक समारोहका बीच पार्टी एकताको घोषणा गर्ने शुक्रबार सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।
सहमति पत्रमा भनिएको छ, ‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतम सहितका नेताहरु विच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो । साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो ।’