काठमाडौँ महानगरपालिकाले २५ अर्बको बजेट ल्याउने


काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले बजेटको सीमा निर्धारण गरेको छ । शुक्रबार काठमाडौं महागनरपालिकाका मेयर बालेन साहको अध्यक्षमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो ।
बैठकले आगामी आर्थिक वर्षका लागि करिव २५ अर्बको बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गरेको छ । बैकमा मेयर साहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।
आज बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभामार्फत बजेट सार्वजनिक गर्ने छ । नगरसभा बैठकमा मेयर साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपमेयर सुनिता डंगोलले बजेट पेस गर्नेछिन् । बैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।