कञ्चनपुरमा छाउगोठमा सुतिरहेकी महिलाको सर्पले टोकेर मृत्यु

प्रमुख खबर

कञ्चनपुर । कञ्चनपुरमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
उनलाई २८ गते राति सर्पले टोकेको थियो । उनलाई बायाँ गालामा सर्पले टोकेकोमा उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिए ।
सुदूरपश्चिममा महिनावारी हुँदा महिलालाई छाउगोठमा राख्ने चलन छ । जसका कारण सर्पले टोकेर वर्षेनी महिलाको मृत्यु हुने गरेको छ । यसरी वर्षेनी महिलाको मृत्यु हुने गरेपनि छाउपडी जस्तो कुप्रथा अझै हटेको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट