`

राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गरियोस्: ज्ञानेन्द्र शाही

Nepal One HD ३१ असार २०८२ १३:५९
राजनीति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभामा बोल्दै  शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरे ।

बहालवाला मन्त्रीले घूसको डिल गरेको अडियो सार्वजनिक हुने बेलासम्म छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको छ भन्ने प्रश्न पनि सांसद शाहीले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *