`

प्रधानसेनापतिद्वारा सहायकरथी झा र राणालाई दर्ज्यानी चिह्न प्रदान

Nepal One HD १ साउन २०८२ २०:५४
प्रमुख खबर

काठमाडौँ, १ साउनः प्रधानसेनापति अशोकराज सिग्देलले प्राविधिकतर्फ महासेनानीबाट सहायकरथीमा बढुवा हुनुभएका धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापतिले उहाँलाई बढुवा भएको पद सहायकरथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । नेपाल सरकार मन्त्रिपरिषदले उहाँलाई गत असार ३० गते सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सेनाले सहायकरथी झालाई काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग आयोजना प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि उहाँ गत चैत १२ देखि सोही आयोजनाको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

काठमाडौँ–तराई/मधेस द्रूतमार्गको असार मसान्तसम्म भौतिक प्रगति ४१ दशमलव ३७ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ७४ प्रतिशत हासिल भएको छ ।

आयोजनाअन्तर्गत सात वटा सुरूङमध्ये प्याकेज नं २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन धेद्रे तथा लेनडाँडा सुरूङको ‘ब्रेकथ्रु’ सम्पन भएको र बाँकी निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

आयोजनाअन्तर्गत विभिन्न स्थानमा रहेका जम्मा ८९ वटा पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएकामा हालसम्म पाँच वटा पुल निर्माण भइसकेका छन् । यसअघि झासँग कटारी–ओखलढुङगा, वेनी –जोमसोम, मुसिकोट बुर्तीबाङ सडक आयोजनाको नेतृत्व गरी जिम्मेवारी पुरा गरिसक्नुभएको अनुभव छ ।

यसैगरी, सहायकरथीमा बढुवा हुनुभएका दिवाकरविक्रम राणा र प्रमुख सेनानीबाट महासेनानीमा पदोन्नति हुनभएका मोहित पौडेललाई पनि बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *