`

लिङ्देनले गरे उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त

Nepal One HD २ साउन २०८२ १६:४८
राजनीति

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार मनोनीत उपाध्यक्ष गिरीलाई पदमुक्त गरेका हुन्।

प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देनले उपाध्यक्ष गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका हुन्।

उपाध्यक्ष गिरिसहित चार चार पदाधिकारीले साझा विज्ञप्ति निकाल्दै पार्टीको शीर्ष तहमा भएको सहमति विपरित नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाइएको भन्दै अध्यक्ष लिङदेनको चर्को आलोचना गरेका थिए। अध्यक्षको कार्यशैलीको कारणले पार्टीमा क्षति पुगेको उनीहरुको निष्कर्ष थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *