`

एमालेसँग एकता सम्भव छैन: माधव नेपाल

Nepal One HD २ साउन २०८२ १७:४८
प्रमुख खबर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग अहिले कुनै पनि खालको एकताको सम्भावना नभएको बताएका छन् । साथै, उनले कोही पनि नेता कार्यकर्ता एमालेसँगको लसपसमा रहेको भए पनि केही भन्न नसक्ने बताए ।

‘अहिलेको बिन्दुमा उभिएर भन्ने हो भने नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँ भित्रको अवस्था हामीले देखिरहेका छौँ । त्यसप्रति लसपस कसैको छ भने आशा छ भने मेरो भन्नु केही पनि छैन,’ अध्यक्ष नेपालले भने ।

शुक्रबार आफ्ना पुराना सहकर्मी बामदेव गौतमलाई पार्टीमा स्वागत गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले एमालेकै नेताहरूबाट आएका अभिव्यक्ति पनि आफ्नो पार्टी सक्काउने र प्रहार गर्ने गरी आइरहेको बताए ।

‘यो पार्टीसँग उसको संलग्नको कुरा गर्ने हो भने त्यहाँका नेताहरूको अभिव्यक्तिबाटै थाहा हुन्छ, यो पार्टी कसरी सक्काउने, कसरी प्रहार गर्ने भन्ने उनीहरूले भनिरहेको हामीले बुझिरहेका छौँ । यो पार्टीलाई बलियो बनाउनका लागि आजको घटनाले निकै राम्रो भूमिका खेल्ने छ,’ अध्यक्ष नेपालले भने ।

आफ्नो पार्टीको शक्तिका कारण राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकेको उनले दाबी गरे ।

उनले कसैप्रति पनि आग्रह नपालिकन काम गर्नुपर्ने बेला आएको बताए । नेता कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले जिम्मेवारी पूरा गर्ने गरी ध्यान दिन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *